मँसिर १३ गौरीगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी वडा समिती गौरीगञ्ज १ द्वारा आयोजित आमन्त्रित खुल्ला नक आउट फुटबल प्रतियोगिताको उपाधी कमल गाउँपालिकाले जितेको छ । आज बुधबार महाभाराको खेल मैदानमा आयोजित फाइनल खेलमा कमल गाउँपालिकाले बाह्रदशी गाउँपालिकालाइ १ गोलको बिरुद्ध २ गोल प्रहार गरि बिजयी भएको हो ।
बिजयी भए सँगै कमल गाउँपालिकाको टोलीले नगद रु २५ हजार र ट्रफी सहित प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता बाह्रदशी गाउँपालिकाले नगद रु १५ हजार र ट्रफी सहित प्रमाणपत्र हात पारेको छ । त्यस्तै मर्यान आफ द सिरिजको उपाधी कमल गाउँपालिकाका खेलाडी युनिस मगरले जितेका छन् भने म्यान अफ द म्याचको उपाधी बाह्रदशीका खेलाडी आशिक टुडुले जितेका छन् ।
गौरीगञ्ज गाउँपालिकाका पुर्व अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्य र गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर र राप्रपा नेता राम सिँह राजवँशीको बिशेष आतिथ्यतामा भएको समपन समारोहमा राप्रपाका स्थानिय अगुवाहरुको उपस्थिती रहेको थियो ।