• कार्तिक २९, २०७८
  • Madan Rajbanshi
  • 0

कार्तिक २९, गौरीगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । दमकमा सम्पन्न निर्वाचनबाट उनले विर्तामोडका भक्ति सिटौलालाई ३८ मतको अन्तरले पराजित गरेका हुन् ।

थापाले २७५ मत प्राप्त गरे भने सिटौलाले २३७ मत प्राप्त गरेका थिए ।

हिजोदेखि दमकमा जारी प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । थापालाई केन्द्रीय अध्यक्ष कमल थापाको सहयोग थियो भने सिटौला महामन्त्री राजेन्द्र लिडदेन समुहका उम्मेदवार बनेका थिए । थापा दमकका पूर्व मेयर समेत हुन् ।