गत मँगलबार गौरीगञ्जमा राजवँशी समाज बिकास समितीले आफ्नो स्थापनाको २९ औँ बर्षगाँठको अबसरमा भब्य कार्यक्रमको आयोजन गर्यो । जसको मुख्य आकर्षणका रुपमा राजवँशी लोक नृत्यहरु प्रदर्शन गरिएका थिए । कार्यक्रममा राजवँशीहरुको लोप हुन लागेको परम्परागत गइन नृत्य तथा ढोलसहना जस्ता लोक नृत्यहरु प्रदर्शन गरिएका थिए ।

राजवँशी समाज बिकास समितीका केन्द्रिय अध्यक्ष सुबन्त राजवँशीको अध्यक्षतामा भएको २९ औँ स्थापना दिबस समारोहमा राष्ट्रिय गायक बलबहादुर राजवँशीले झनै मनोरञ्जन प्रदान गरेका थिए । उनले मञ्चमा उक्लेर उनको चर्चिच गीत गौरीगञ्जेर बजारत गाउँदा उनि सँगै दर्जनौ युवा युवतीहरु मञ्चमा उक्लेर कम्मर मर्कएका थिए भने दोश्रो पटक उनि मञ्चमा चढ्दा मञ्चमा उनि सँग नाच्नेको भिड थामी नसक्नुको थियो । दर्शक दिर्घा तर्फको हुटिङले पुसको जाडो मौसमलाइ तताइरहेको थियो । कार्यक्रम स्थलमा हजारौ दर्शकको भिडले महोत्सबको झल्को दिइरहेको थियो । अतिथी कलाकारका रुपमा पश्चिम बँगालबाट आएकी गायिका स्मिता रायले बँगालको परम्परागत भबैया गान प्रस्तुत गर्दा समेत उनि सँग मञ्च र दर्शक दिर्घम तर्फ सयो प्रशँसक झुमेका थिए भने उनको चर्चित गीत चेङरा बन्धु रसिया गाउँदा मञ्चमै गएर उनका प्रशँसकहरु नाचेका थिए ।

कार्यक्रममा झापा तथा मोरँगका स्थानीय राजवँशी कलाकारहरुको लोक तथा आधुनीक नृत्यले समेत दर्शकहरुको मन जित्न सफल भएको थियो ।

कार्यक्रममा पुर्व राज्यमन्त्री भिमराज राजवँशी, आदिबासी जनजाती महासँघका झापा अध्यक्ष पाण्डब चौधरी, ऊदरिगञ्ज गाउँपालिकाकी प्रमुख फुलबती राजवँशी, कचनकबल गाउँपालिकाका प्रमुख कालिन्द्र राजवँशी गौरीगञ्ज गाउँपालिकाको उपप्रमुख पुजन न्यौपाने, गौरादह नगरपालिकाकी उपप्रमुख जलबर्षा राजवँशी लगायत राजवँशी समुदायका बिशिष्ट ब्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।