सउन ३०, गौरीगञ्ज । तत्कालीन गौरीगञ्ज ग्राम पञ्चायत का उप प्रधानपञ्च हरीलाल राजवँशीको को निधन भएको छ । आज साँझ ७ बजेर ६ मिनेटमा उहाँको निधन भएको कुरा पारिवारिक श्रोतले जनाएको छ । उहाँ लामो समयदेखि मृगौला सँबन्धी रोगले पिडित हुनुहुन्थ्यो । एक महिना अघि धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार गराएर फर्किनु भएका उहाँको आज निधन भएको हो ।

उहाँ ले २०३९ सालमा तत्कालिन गौरीगञ्ज ग्राम पञ्चायत को निर्वाचनमा वडा नँ ५ को वडाध्यक्ष का रुपमा निर्वाचित हुनुभएको थियो भने २०४४ सालको निर्वाचनमा प्रधान पञ्ज भोलालाल श्रेष्ठ सँगै उहाँ उप प्रधानपञ्च मा निर्वाचित हुनुभएको थियो । उहाँहरु को कार्यकाल नै तत्कालिन गौरीगञ्ज ग्राम पञ्चायत को अन्तिम कार्यकाल थियो । २०४६ सालको जनआन्दोलन पछी पञ्चायती व्यवस्थाको अन्त्य सँगै उहाँले नेपाल सद्भावना पार्टीमा आबद्ध भइ राजनैतिक गतिविधी मा सकृय हुनुहुन्थ्यो । पछी सद्भावना पार्टीको बिभाजन सँगै उहाँ राजनीतिक जीवनबाट पलायन हुनु भएको थियो ।

उहाँका सहकर्मी तथा २०३९ सालका तत्कालिन प्रधान पञ्च विश्वराज रिजाल का अनुसार उहाँ निष्ठावान राजनितिज्ञ हुनुहुन्थ्यो । त्यसै गरि तत्कालीन गौरीगञ्ज गाबिसका पुर्वअध्यक्ष देवी प्रसाद राजवँशी ले उहाँलाई बिकास प्रेमी र निति नियम मा चल्ने राजनितिज्ञ का रुपमा पाएको अनुभव सुनाउनुहुन्छ ।

उहाँका श्रीमती, चार छोरा चार बुहारी र तिन छोरी रहेकाछन् ।