बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । आज (बिहीबार) करिब १ः४५ बजे उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । आज उनको निधन भएको कुरा गायिका सुनिता दुलाल ले फेसबुकमा लेखेकी छिन् ।
विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनि एक समयका निक्कै चर्चित र स्टाइलिस गायकका रुपमा समेत परिचित थिए । उनका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो यो गाउँको’, ‘पर लैजाउ फूलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।