
रतुवा पुल बनेपछी खजुरगाछी बिराटनगर बस नियमित चल्न थाल्यो
फागुन १४, गौरिगञ्ज । हुलाकी राजमार्गको बहुप्रतिक्षित रतुवा पुल निर्माण भएपछी बिराटनगर लगायतका क्षेत्रहरुबाट सार्वजनिक बसहरु नियमित रुपमा गौरीगञ्जको खजरगाछी बजारसम्म आउन थालेका छन् । हुलाकी राजमार्ग हुँदै बिराटनगर रँगेली आमबाडी लगायत पश्चिम रुटका झण्डै १८ वटा बसहरुले खजुरगाछीबाट सेवा सुचारु गरेका छन् । खजुरगाछी बाट हुलाकी सडक हुँदै बिराटनगर सम्मको यातायात चल्न थालेपछी गौरीगञ्ज देखि बिराटनगसम्मको झण्डै आधा दुरी छोट्टीएको छ । रतुवामा पुल नबन्दा यस अघि गौरीगञ्जबाट दमक हुदै बिराटनगर लगायतका क्षेत्रहरुमा सार्वजनिक लगायतका यातायातहरु सञ्चालन गर्नु पर्ने बाध्यता रहेको थियो ।
बस ब्यावशायी लाल बहादुर राजवँशी (लाले) का अनुसार खजुरगाछीबाट बिरटनगरका लागि बिहान ५:५० देखि नै नियमित बस छुट्न थालेको छ भने त्यसपछी बिहान ६:३० बजे, ७ बजे, ८ बजे, ९०:३० बजे र त्यसपछी प्रत्येक आधा घण्टाको अन्तरालमा खजुरगाछीबाट पश्चिम रुटका लागि नियमित बस सञ्चालन भइरहेको बताएका छन् । अनले खजुरगाछीबाट पश्चिमका लागि साँझ ४:१५ बजेसम्म अन्तिम बस नियमित सञ्चालन भइरहेको बताएका छन ।
खजुरगाछीबाट पश्चिम रुटका लागि दिनभरी नियमित बस सञ्चालन हुन थालेपछी खजुरगाछीका ब्यावशायीहरु उत्साहित भएका छन् । खजुरगाछीका सुनचाँदी ब्वशायी पदम कटवालका अनुसार पछील्लो समय खजुरगाछी बजार सुनसान बनिरहेको बेला खजुरगाछीबाट बिराटनगर सम्मको सार्वजनिक यातायात चल्न थालेपछी बजारमा तुलनात्मक रुपमा चहल पहल बढेको छ । पश्चिम रुटका बसहरु खजुरगाछी सम्म आउन थालेपछी खजुरगाछी बजारमा चहलपहल बढ्नुका साथै बजारमा नयाँ होटल तथा लज ब्यावशाय फस्टाउन सक्ने कुरा अर्का पुराना होटल ब्यावशायी शम्भु केसीले बताएका छन् । त्यस्तै खजुरगाछीबाट बिराटनगरसम्मको बस सञ्चालन भएपछी बिराटनगरबाट ब्यापारीक प्रयोजनका लागि माल सामान ल्याउन समय र पैसा दुबैको बचत भएको कुरा अर्का ब्याशायी बिजेन्द्र मण्डलले बताएका छन् ।
खजुरगाछीबाट पश्चिम रुटको सार्वजनिक यातायात चल्न थालेपछी खजुरगाछीको महेन्द्रनगर बसपार्क ब्यवस्थित गर्नुपने चुनौती गौरीगञ्ज स्थानिय सरकारलाइ थपिएको छ । गत बर्ष देखि सो बसपार्कको निर्माण कार्य अलपत्र परेको छ भने गत बर्ष बनेका सँरचनाहरु पनि सँरषण अभावले भत्किन थालेका छन् ।
