रतुवामाईको भद्रचोकमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

पढ्न समय: 1 मिनेट

विराटनगर । दुईदिन अगाडी गत आइतबार मृत अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृत अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।
मृतकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । शव भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ । डिएसपी राईले अनुसन्धान भइरहेको जनाएकाछन् ।

महिलाको शरिरमा चोटपटक लागेको प्रहरीले बलत्कारपछि हत्या गरेको आशंका गरेको छ । घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको डिएसपी राईले बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्