
रबिन्द्र बराल । असार २९ मंगलबार । मोरङ रंगेली नगरपालिका काे बडा नम्बर ५ आमगाछी स्थित डाँगा टोल मा परिवारका सदस्य हरु बाटै नवजात शिशु लाई जिउदै गाडिएको अवस्थामा प्रहरीले फेला पारेको छ । अरुण मण्डलको २८ बर्षकी श्रीमती खुश्बु मण्डलले आफ्नै घरमा जिबितै छाेरी जन्माएकाे अवस्थामा उनी आफैले नवजात शिशु लाई आइतबार राति ८ बजे जिउँदै गाडिएको थियोे ।
रंगेली प्रहरीले २८ गते बिहान ११ :३० बजे खवर पाए लगतै प्रहरी निरिक्षक अनमाेल खड्का काे टाेलिले प्रारम्भिक अनुसन्धान गर्दै खाेज तलास गर्ने क्रममा साेहि स्थान मा रहेको चाँदनी चौक मा रहेका ५० बर्षिय नागेश्वर मण्डल र निजको श्रीमती उर्मिला मण्डलले संचालन गर्दै आएको टिनको मदिरा पसल भित्र खाल्डो खनि गाडिएको अवस्थामा प्रहरीले नवजात शिशुकाे सव फेला पारेको थियो । प्रहरी लासकाे पाेष्माटमका लागि कोशी अस्पताल पठाएको र थप अनुसन्धान का लागि वर्ष २८ कि खुश्बु मण्डल,निजको श्रीमान वर्ष २८ को अरुण मण्डल , निजको बुबा वर्ष ५० नागेश्वर मण्डल, निजको आमा बर्ष ४८ की उर्मिला मण्डल समेत लाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको रंगेली प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा निज खुश्बु मण्डलको श्रीमान बैदिशिक रोजगार बाट २०७७ चैत्र महिनामा घर आएको र बच्चा आफ्नो श्रीमानको नभएको कारणले गर्दा गाउँ समाजमा इज्जत प्रतिष्ठामा आच आउने भएका ले निज खुश्बु मण्डलले ब्लाङ्केटले छोपेर हत्या गरेको स्वीकार गरेको प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।