रबिन्द्र बराल ।
मँसिर ५, रँगेली । ईलाका प्रहरी कार्यालय रंगेली ले १६ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका १ स्थित बिशाल बजार चौक नजिकै बाट उत्तर बाट दक्षिण तर्फ जाँदै गरेको को १ ह ४८०२ नंम्बरको टेम्पो लाई सखरदिना काे गस्ती टाेलीले चेकजाँच गर्ने क्रममा प्रहरीले १६ केजी गाँजा बरामद गरेको छ । प्रहरीले टेम्पो चालक बेलबारी नगरपालीका ३ बस्ने वर्ष २४ को बुद्दराज राई र टेम्पो सहित नियन्त्रणमा लिएको छ । थप अनुसन्धान का लागि ईलाका प्रहरी कार्यालय रंगेली मा राखिएको प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।