रबिन्द्र बराल ।
चैत २० रँगेली । विराटनगरस्थित मेरिल्याण्ड कलेज मा अध्यनरत रंगेली नगरपालिका ७ कि सिम्रन अग्रवाल ले त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम भए पछि उनलाई रंगेली नगरपालिकाले सम्मान गरेको छ ।

नसम्मा

नगरपालिका काे सभाहलमा एक कार्यक्रम काे आयोजना गर्दे पालिका ले सम्मान गरेको हाे । कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया , उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत नवराज कार्की , बडा अध्यक्ष लगायत काे उपस्थिति ले उनलाई पढाइको लाई अति आवश्यक पर्ने एक थान ल्यापटप तथा सम्मान पत्र समेत दिएकाे थियोे ।

सिम्रन लाई ३५ वौं गणगौर पूजा महोत्सव नेपाल मारवाडी गणगौर पूजा समिति ले समेत सम्मानित गरेको छ । बुबा रमाकान्त अग्रवाल र आमा पुष्पा अग्रवाल काे काेखबाट २०५३ सालमा कान्छि छाेरी काे रुपमा जन्म लिएकी सिम्रन अग्रवाल ले अहिले बिबिएस तेश्राे बर्षमा नेपाल टप भए पछि परिवार का सदस्य हरु समेत खुशी भएका छन । उनलेे रंगेली ७ मा रहेको मिनिल्यान्ड ईङलिस बाेडिङ स्कुल मा नर्सरी कक्षा देखि अध्यन सुरु गरेकाे बिधालय का प्रिन्सिपल बिकर्ण कार्कीले बताए । उनलेे भने सिम्रन ले सबै कक्षा प्रथम हुदै गएकाे र उनी कहिले पनि कक्षामा दाेस्राे नभएको पढाइमा जहिले पनि अत्यन्त मेहनती, तथा सरल र शिष्ट व्यवहारको भएको विद्यार्थीहरु मध्ये एक रहेको उनले कार्कीले बताए ।

सिम्रन ले मिनिल्यान्ड बाट एसईई मा समेत उत्कृष्ट अंक ल्याएर बिधालय काे समेत ईज्जत् राखेकाे कार्कीले बताए । सिम्रन ले मेरिल्याण्ड कलेज मा समेत २०७५ सालमा पनि बिबिएस प्रथम बर्षको परीक्षामा प्रदेश प्रथम भएकी थिईन् ।