जेठ ६, मोरङ । रंगेली मा मतपत्र बढि भेटिए पछि मतगणना स्थगित भएको छ भने रंगेली बजार तनावग्रस्त भएको छ । भिड नियन्त्रण गर्न प्रहरी द्वारा दुई राउन्ड असुरग्यास फाईर गरिएको छ ।

झडपका क्रममा गठवन्धन का सुनिता मंण्डल काे टाउको समेत फुटेकाे छ । प्रहरी तर्फ पुजन लाम्चा, आशिष कुमार झा, राम विलाश यादव,रेविन्द्र दरना, विमल लिम्बू सहित १५ जना प्रहरी समेत घाइते भएका छन ।

मतगणना गर्ने क्रममा रंगेली ७ काे मतपेटिका खोल्दा खसेकाे मत भन्दा १ सय ७ मत बढि भेटिए पछि गठवन्धन का कार्यकर्ता हरु ले बिराेध गरेका थिए । भिड लाई नियन्त्रणमा लिनका लागि प्रहरी दुई राउन्ड असुरग्यास फायरिङ समेत गरेको छ भने प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

निर्वाचन अधिकृत रामहरि काफ्लेका अनुसार प्राविधिक त्रुटि का कारण बढि मत पत्र देखिन गएपनि वास्तविकतामा बढि मतपत्र नभेटिएको कुरा बताएका छन् ।