

रबिन्द्र बराल ।
असार ७ मोरङ । माेरङकाे रंगेली नगरपालिका ५ स्थित घनापट्टि मा सशस्त्र प्रहरी बल नेपाल बि. ओ.पि. धनापट्टीको नव निर्मित भवन काे एक कार्यक्रम काे आयोजना गरि उद्घाटन गरिएको छ ।नेपालको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको निति तथा सिमा सुरक्षाको लागि रंगेली मा थप बि.ओ.पि. स्थापना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा अथिति हरु ले सिला लेखकाे अनावरण गर्नुका साथी कम्पाउन्ड भित्री बृक्षाराेपण समेत गरेका थिए । भवन उद्घाटनमा रंगेली नगरपालीकाका नगर प्रमुख दिलिप कुमार बगडिया, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहीनीका बाहीनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री बंशीराज दाहाल, ससस्त्र प्रहरी का sp तिर्थ पाैडेल, नगरपालिका का कर्याकारी अधिकृत टाेम प्रसाद सुवेदी , ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्का , बि. ओ.पि. रंगेलीका प्रहरी निरिक्षक कमल बहादुर अधिकारी, रंगेली अस्पताल का मेसु राेहेन्द्र पाण्डे , समाजसेवी मनाेज कुमार अग्रवाल, बिनोद कुमार मण्डल, लगायत काे उपस्थिति समेत रहेको थियोे । भवन निर्माणका लागि स्थानीय राकेश मण्डल ले ४ कठ्ठा , शंकर कुमार मण्डल बाट १ कठ्ठा , तथा मोहनलाल मण्डल बाट १ कठ्ठा गरी ६ कठ्ठा मा सशस्त्र प्रहरी बल नेपाल बि. ओ.पि. स्थापना गरिएको छ । उक्त भवन २०७७ माघ १७ गते शिलन्यास गरेर २०७८/असार ७ गते सम्पन्न भएको छ । नव निर्मित भवन मा ४ कोठा १ ब्यारेक र स्टोर रुम सहीतको किचन तथा मेश समेत निर्माण गरिएको छ। भवन निर्माणकार्य का लागि रंगेली नगरपालिकाबाट १६ लाख रुपैयाँ तथा समाजसेवी मनोज कुमार अग्रवाल ले ३ कोठाको छत ढलान सहित शौचालय तथा जस्ता पता र स्नान घर तथा अन्य समाजसेवी हरु काे सहयोगमा उक्त भवन निर्माणकार्य सम्मपन्न भएको र ३५ लाख रुपैयाँ बराबरको लागतमा उक्त भवन निर्माणकार्य गरिएको प्रहरी निरिक्षक कमल बहादुर अधिकारीले बताए ।