रबिन्द्र बराल ।
रंगेलीमा कोरोना संक्रमितको संख्या धट्दै गएपछी रंगेली नगरपालिकाले २ दिनका लागि बजारलाई खुकुलो बनाएको छ । सिसिएमसि काे बैठकले आईतबार र साेमबार अत्यावश्यक सामान खरिद बिक्री गर्नका लागि बिहान १० बजे सम् बजार खुल्न दिने निर्णय गरेको हो ।‌ बैठकले ४,५,६ र ७ वडाको सिल हटाएको छ । निषेधाज्ञा लाई भने जारी राख्ने समेत निर्णय गरेको छ । कोरोना व्यवस्थापन केन्द्रको बैठकले ९ वटै वडामा लागु हुने गरी सो निर्णय गरेको हो । १७ गते जिल्ला मा बस्ने बैठकको निर्णय बमोजिम थप निर्णय लिने भएको छ । फलफुल, दुध, किराना, ग्यास र निर्माण सामाग्री खुल्ने र सडक पेटी मा साग सवजि बिक्री गर्ने दिईने र किसानलाई कृषि सामाग्री ओसार पोसार गर्न दिइने तथा बिहान १० देखी मध्यान्ह १२ बजे सम्म बैक तथा वित्तीय संस्था हप्तामा ३ दिन खाेल्ने निर्णय समेत गरेको छ ।