पुस १३ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ १ र शिबसताक्षी वडा नँ ४ को सीमामा रहेको रँगियाथान बजारमा अस्थायी प्रहरी चौको स्थापनाका लागि पहल शुरु भएको छ । असुरक्षाका कारण सो बजार दिनदिनै सुक्न थालेपिछी सो स्थानमा प्रहरी चौकी स्थापनाका लागि गौरीगञ्ज गाउँपालिका वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीको अगुवाइमा झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र झापा प्रहरी प्रमुख दुर्गाराज रेग्मीलाइ ज्ञापन पत्र बुझाइएको छ ।
वडाध्यक्ष राजवँशी रँगियाथान बजारका शिक्षासेवी निलम मैनालीऽ स्थानीय अगुवा मानसिँह राजवँशी सत्यनारायण राजवँशी लगायतको टोलीले आज झापाका प्रमुख जिल्ला अधिकारी रिजाल र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीलाइ भेटेर ज्ञापन पत्र बुझाएका छन् ।
अस्थायी प्रहरी चौकीका लागि धेरै ठाउँबाट माग आइरहेको मा सुरक्षा निकायहरुसँगको छलफल पछी आवश्यक स्थानहरुमा अस्थायी प्रहरी चौकी को ब्यवस्था गरिने कुरा प्रमुख जिल्ला अधिकारी रिजालले बताएकाछन् । त्यसै गरि केहि समय पछी रँगियाथान बजारमा सरोकारवालाहरु सहितको स्थलगत निरिक्षण गरि अस्थायी प्रहरी चौकीको आवश्यक्ताको अध्ययन गरिने कुरा झापा प्रहरी प्रमुख रेग्मीले बताएका छन् ।