साउन २ गौरीगञ्ज । युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम अन्तर्गत ऋण लिएका एक ऋणीलाई आज सो कार्यक्रम को बीमा रकम हस्तान्तरण गरिएको छ । सो कार्यक्रम अन्तर्गत जनसेवा बचत तथा ऋण सहकारी संस्था गौरीगञ्ज बाट ऋण लिइ गाई पालन व्यावसाय सञ्चालन गरेका भुपराज गौतम को गाई मरेपछि उनलाई बीमा रकम हस्तान्तरण गरिएको हो । गौतम लाई युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम का, झापा जिल्ला स्वयं सेवक सन्तोष सापकोटा, सहकारी का अध्यक्ष कर्मा शेर्पा, र सहकारी का व्यवस्थापक दुर्लभ मान श्रेष्ठ ले रु ५० हजारको चेक सँयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

गौरादह ८ का गौतमले युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम अन्तर्गत जनसेवा सहकारी बाट रु २ लाख ऋण लिइ गाई पालन व्यावसाय सञ्चालन गरेका थिए । तर केहि समय पछी रु ५० हजार को एउटा गाई मरेपछि उनले सो गाईको मुल्य बराबरको रकमको ९० प्रतिशत बीमा रकम भुक्तानी पाएको कुरा सहकारी का अध्यक्ष कर्मा शेर्पा ले बताएका छन् ।

पिडित गौतमले आफुले गाई मरेको २३ महिना पछी बल्ल बीमा रकम भुक्तानी पाएको गुनासो गरेका छन् भने कार्यक्रम का जिल्ला स्वयं सेवक सन्तोष सापकोटा ले राष्ट्रिय बीमा संस्थान को लापरबाही का कारण बीमा रकम भुक्तानी गर्न ढिलो भएको बताएका छन् ।

युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम अन्तर्गत साना ब्यावशायी हरुका लागि सहकारी ले रु ५० हजार देखि रु २ लाख सम्म अत्यन्तै न्युन ब्याजदरमा ऋण लगानी गर्ने गर्दछ ।