साउन १७ गौरीगञ्ज । कोरोना सँक्रमण तथा लकडाउनले दुइ बर्षदेखि रोकिएको गौरीगञ्जको राधाकृष्ण रथ यात्रा यस बर्षदेखि सञ्चालन हुने भएको छ । साउन १२ गते बसेको मुल आयोजक समितीको बैठकले सो निर्णय गरेको हो । कृष्ण जन्माष्टमीको भोली पल्ट अर्थात भदौ ४ गते का दिन बिहान ११ बजे देर्खि रथ यात्रा सञ्चामलन हुने कुरा मुल आयोजक समितीका अध्यक्ष मुकेश कुमार साहले बताएका छन् ।
आज मँगलबार बसेको मुल आयोजक समितीको बैठकले रथ यात्रा सञ्चालनका लागि बिभिन्न उपसमितीहरु गठन गर्नुका साथै रथ यात्राको रुट समेत तय गरेको छ । समितीका अध्यक्ष साहका अनुसार गौरीगञ्ज ६ खजुरगाछी स्थित राधाकृष्ण मन्दिरबाट रथ यात्रा शुरु भइ महेन्द्रनगर चोकबाट दक्षिण हुदै वडा नँ ६ को वडा कार्यालय अगाडीबाट थपलिया चोक बाबुराजा श्रेष्ठको घर हुदै देबकोटा स्कुल ददक्षिणको बाटो बाट अस्पताल रोड निस्केर हुलाकी सडक हुदै प्राइम बैँक बाट उतर गएर बुधबारे बजार त्रिमुर्ती चोक बाट दक्षिण गौरीगञ्ज चोक हुदै नहर पुगेर फेरि हुलाकी सडक हुदै राधाकृष्ण मन्दिर फर्केर रथ यात्रा बिसर्जन गर्ने बताएका छन् ।

मँगलबार बसेको समितीको बैठकले बुधबार देखि रथ यात्राको प्रचार प्रसार तथा आर्थिक सँकलन गर्ने निर्णय गरेको छ । २०७६ साल देखि गौरीगञ्जमा शुरु भएको राधाकृष्ण रथ यात्रा कोरोना सँक्रमणका कारण दुइ बर्षदेखि सञ्चालन हुन सकिरहेको थिएन ।