चैत २१ गौरीगञ्ज । नेपाल बहुउद्देश्यीय सहकारी (एनएमसी) ले आफ्नो सेयर सदस्यको निधन पछि शोकाकुल परिवार लाई राहत प्रदान गरेको छ । सँस्थाको गौरीगञ्ज सेवाकेन्द्र ले गत चैत १३ गते निधन भएका गौरीगञ्ज ३ का सेयर सदस्य ४० बर्षिया उमेश कुमार हलुवाईको परिवार लाई आईतबार समबेदना सहित नगद रु ४५ हजार प्रदान गरेको हो ।

सँस्थाको ११ हजार ७ सय कित्ता सेयर हुने पुर्ण सेयर सदस्य को मृत्यु भएमा परिवार लाई रु ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने सँस्थाको नियम अनुसार सो ४५ हजार रुपैया उपलब्ध गराईएको र मृत्यु सँस्कार पछि परिवार ले मृत्यु दर्ता प्रमाण पत्र सहितका आवश्यक कागजात हरु उपलब्ध गराएपछि बाँकी रु ५ हजार रुपैया परिवार लाई उपलब्ध गराउने कुरा सेवाकेन्द्र का प्रबन्धक नबिन पोख्रेल ले जनाएका छन् ।

मृतक को कारोबारको नियमितता को आधारमा मृतकले लिएको ऋण समेत मिनाहा गरिने कुरा सेवाकेन्द्र ले जनाएको छ ‌ । गौरीगञ्ज सेवाकेन्द्र सँचालक समिति सँयोजक नारायण अधिकारी का अनुसार मृतक हलुवाईले आफ्नो जीवन कालमा सँस्था सँग बिना धितो रु १ लाख ऋण लिएकोमा उनले जीवनकालमा नियमित किस्ता तिरेको देखिएमा नियम अनुसार उनका बाँकी ऋण मिनाहा हुनेछ ।

आईतबार बेलुका एनएमसी गौरीगञ्ज सेवा केन्द्रका सँयोजक नारायण अधिकारी, कार्यालय समिति सदस्य दिपक पँजियार र चन्द्र नायक , तथा कार्यालय का कर्मचारी तथा अन्य सदस्य हरु सहित मृतकको घरमा समबेदना ब्यक्त गर्न पुगेका थिए ।‌