मृतक ब्यक्तिहरुको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गर्दै गौरीगञ्जका वडा हरु

पढ्न समय: 1 मिनेट

असार ३ गौरीगञ्ज । वर्षौँ अघि मृत्यु भइसकेका व्यक्ति हरुको नाममा समेत गौरीगञ्ज का वडा कार्यालय हरुले रकम निकासा गरिरहेको रहस्य बाहिर आएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७६- ७७ को प्रारम्भिक प्रतिवेदन मा मृत्यु भइसकेका २६ जना व्यक्ति हरुको नाम बाट बिभिन्न वडा हरुले बृद्धा भत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता रकम निकासा गरेर बितरण गरेको देखाएकोमा महालेखा परीक्षकले आब ०७६-७७ मा रु ३ लाख ७३ हजार रुपैंया बेरुजु देखाएको छ ।

प्रतिवेदनको अँश
दोहोरो भत्ता
दोहोरि


वडा नँ १ ले २ जना, वडा नँ २ ले ४ जना, वडा नँ ३ ले ११ जना, वडा नँ ४ ले ५ जना र वडा नँ ६ ले ४ जना मृतक जेष्ठ नागरिक तथा एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको देखिएको छ ।
वडा नँ २ मा त अझ २०७० सालमै मृत्यु भइसकेको एक जना एकल महिला र २०७४ सालमा मृत्यु भइसकेका एक जना को नाममा २०७७ सालसम्म सामाजिक सुरक्षा भत्ता निकासा गर्दै आएको भेटिएको छ ।
बेरुजु देखिएको रकम वडाका सँबन्धित कर्मचारीहरुबाट भराउने श्रोतले जनाएको छ । यस अघि बिभिन्न बहाना बनाउदै वडाका कर्मचारी हरुले केहि व्यक्तिहरुको मृत्यु दर्ता गर्न आलटाल गर्ने गरेको गुनासा हरु आइरहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्