मंगलबार दिउसो मुगुमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका ३२ मध्ये २८ जनाको पहिचान खुलेको छ । चार जनाको परिचय खुल्न अझ बाँकी छ। बसमा ४६ जना यात्रु सवार थिए।

नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बसको टायर पञ्चर भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा लग्न सेजुवाल (१९ वर्ष) – छायाँनाथ रारा-७ नाम नखुलेका २ वर्षीय बालक – छायाँनाथ रारा-७, भगवती बम (२० वर्ष) – छायाँनाथ रारा-७, पुजा बुढा (१८ वर्ष) – छायाँनाथ रारा-१०, प्यारी बिक (३३ वर्ष) – छायाँनाथ रारा-८, सन्तोष बिटालु (२२ वर्ष) – छायाँनाथ रारा-८, छारा सावत (२२ वर्ष) – छायाँनाथ रारा-१२, दानबहादुर रावल (चालक, ३५ वर्ष) – छायाँनाथ रारा नगरपालिका, सरिता खड्का (२० वर्ष) – छायाँनाथ रारा-१०, कर्णसिह बुढा (२२ वर्ष)- छायाँनाथ रारा-१४, चन्द्रादेवी मल्ल (२३ वर्ष) – छायाँनाथ रारा नगरपालिका, रामामाया भाम – छायाँनाथ रारा-६, उम्मर सावद (१८ वर्ष) – छायाँनाथ रारा-६, प्रकाश बुढा (२२ वर्ष) – छायाँनाथ रारा-११, अजय कार्की (२९ वर्ष) – छायाँनाथ रारा-५कमला बिसी (३२ वर्ष) – छायाँनाथ रारा-५, सुनबहादुर बिक (२२ वर्ष) – छायाँनाथ रारा-१०, शिब बुढा – छायाँनाथ रारा-१४, अमृता शाही राना (२१ वर्ष) – छायाँनाथ रारा-७, आयुष राना (२ वर्ष) – छायाँनाथ रारा-७, रुपसिंह कार्की (२० वर्ष) – छायाँनाथ रारा-१४, महेन्द्र शाही (२२ वर्ष) – छायाँनाथ रारा-७मनरुप कुमाई – सोरु गाउँपालिका-३, प्रदिप स्वर्णकार (२२ वर्ष) – राँझा, बाँके, चन्द्रप्रकास भाम (१८ वर्ष) – छायाँनाथ रारा-४, आदित्य बिक्रम शाह – छायाँनाथ रारा-७, आइतसिंह कामी (२३ वर्ष) – सोरु गाउँपालिका-८, टोपबहादुर बिष्ट (२८ वर्ष) – छायाँनाथ रारा-८ रहेको कुरा प्रहरीले जनाएको छ ।

त्यसै गरी घाइते हुने हरुमा प्रेम बहादुर रावल – छायाँनाथ रारा-५ , शुक्रराज मल्ल (२१ वर्ष) – छायाँनाथ रारा-१ , रतनसिंह रावल (२१ वर्ष) – छायाँनाथ रारा-८ , शैलिन्द्र शाही (१८ वर्ष) – छायाँनाथ रारा-७ , गणेश बहादुर रावल (२१ वर्ष) – छायाँनाथ रारा-७ , सुस्मिता शाही (९ वर्ष) – छायाँनाथ रारा-१ , सम्झना रावल (२० वर्ष) – छायाँनाथ रारा-८ , रेखा सावद (३१ वर्ष) – छायाँनाथ रारा-११, लक्ष्मीचन्द्रा रावल – छायाँनाथ रारा-५, दन्ता बुढा – छायाँनाथ रारा-११ , शुजता बम (७ वर्ष) – छायाँनाथ रारा-१३, हर्षबहादुर सावद – छायाँनाथ रारा-११ , भूमिका बुढा (६ वर्ष) – छायाँनाथ रारा-३ रहेका छन्।

दसैं मनाउन गाउँ फर्किएकाको बस दुर्घटनामा मृत्यु भएपछि छायाँनाथ रारा नगरपालिकामा शोकमा डुवेको छ । दुर्घटनामा दर्जनौँको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको नगरपालिकाका प्रमुख हरिजङ शाहीले बताए।