फागुन २४, झापा ।‌ गौरीगञ्जका सामुदायिक मानिसहरुमा अध्ययनरत छात्रा हरुलाई साईकल बितरण गरिएको छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था युएनडिपी र सिसिएनएन को सहकार्यमा विद्यालय बाट टाँढा घरहुने २० जना छात्रा हरुलाई साईकल बितरण गरिएको हो ।‌

मँगलबार अन्तर्राष्ट्रिय महिला दिवसकै दिन गौरीगञ्ज गाउँपालिका को हाता भित्र क कार्यक्रमको आयोजना गरी गौरीगञ्जका ४ सामुदायिक माबि हरु मध्ये प्रत्येक माबि हरुबाट ५ -५ जना छात्रा हरुलाई साईकल बितरण गरिएको थियो ।

कार्यक्रममा युएनडिपी का तर्फ बाट सँस्थाका प्रदेश १ र २ का फिल्ड प्रमुख धनबहादुर चन्द र सिसिएनएन का तर्फबाट सँस्थाका उपाध्यक्ष निवेश दुगड को उपस्थिति रहेको थियो भने गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापा ले छात्रा हरुलाई साईकल बितरण गरेका थिए ।