महाभारामा स्वास्थ्य सँबन्धि २ दिने सचेतना तालिम सम्पन्न

पढ्न समय: 1 मिनेट

पुस ४, गौरीगञ्ज ।‌गौरीगञ्ज १ महाभारामा स्वास्थ्य सँबन्धि सचेतना तालिम सम्पन्न भएको छ । हिजो आईतबार बाट शुरू भएको तालिम आज सोमबार सम्पन्न भएको हो ।

- Advertisement -
Ad image

वडा नँ १ को वडा कार्यालय को आयोजना तथा मोर्डन पब्लिक अस्पताल भद्रपुर को प्राविधिक सहयोग मा तालिम सम्पन्न भएको कुरा वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी ले बताएका छन् । तालिममा प्रशिक्षक बिनु न्यौपाने र स्मृति कार्की ले सहजिकरण गरेका थिए भने तालिममा २ दर्जन महिला हरुको सहभागिता रहेको थियो ।

तालिमको समापन सत्रमा वडाध्यक्ष कार्तिक लाल राजवँशी वडा सदस्य हरु राजभक्त सुनुवार, रेखा राजवंशी लगायत राजनैतिक दलका प्रतिनिधि हरु सुरक्षा कर्मी हरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्