रानी सोरेन भरखर ३६ बर्षकी भइन । नश्लबादले गाजेको नेपाली समाजमा सन्थाल लगायतका आदिवासी समुदायको त्यसै माथि महिलाको प्रतिनिधित्व बिरलै पाइन्छ तर रानी युवा वय मै गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्ष जस्तो महत्वपुर्ण पदको उम्मेदेवारी पाएको छन् । उनलाइ यो महत्वपुर्ण पदको उम्मेद्वारी दिएको हो राष्ट्रिय प्रजातन्त्र पार्टिले । स्थानिय सरकारको महत्वपुर्ण पदमा उम्मेद्वारी दर्ता गराउने सँभवत उनि सन्थाल समुदायकै एक मात्र र पहिलो सन्थाल महिला हुन् ।
गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्ष पदमा मनेनयन दर्ता गराउने उनि नै सबै भन्दा कान्छी उपाध्यक्षकी उम्मेद्वार हुन् । राप्रपाको चुनाव चिन्ह हलो लिएर चुनावी प्रतिस्पर्धामा होमिएकी उनि कन्काइ बहुमुखी क्याम्पस सुरुड्गाबाट कक्षा १२ सकेर त्यहि क्याम्पसमा हाल स्नातक तह दृतिय बर्षमा अध्ययनरत छिन् ।
गौरीगञ्ज गाउँपालिका वडा नँ १ स्थित झोडा गाउँमा घर भएकी उनि उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिनु अघि घर नजिकैको चौरी स्कुलमा अध्यापन पेशामा आबद्ध थिइन ।
आम गौरीगञ्जबासीहरुले उनलाइ मतदान गरि उपाध्यक्ष पदमा बिजय गराउनु भएमा उनले न्यायिक समितीमा समानतामुलक न्यायको ग्यारेन्टी दिने र गाउँपालिका भित्रको भ्रष्टाचचार अन्त्य गर्न प्रतिवद्ध रहने बताएकी छिन् ।