मँसिर १८ गौरीगञ्ज । महतो समाज कल्याण परिषद द्वारा गौरीगञ्जमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वडा नँ ३ को वडा कार्यालयको प्रसँग मा आयोजित रक्तदान कार्यक्रममा २८ प्रिन्ट रगत सँकलन गरिएको कुरा समाजका केन्द्रिय अध्यक्ष तथा वडा नँ ३ का वडाध्यक्ष मखना महतोले जनाएका छन् ।
गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यतामा भएको रक्तदानमा प्राबिधिक सहयोग रेडक्रस सोसाइटिले गरेको थियो ।
देश कोरोना सँक्रमणको अवस्थाबाट गुज्रिरहेको बेला ब्लड बैँकहरुमा समेत रगतको चरम अभाब रहेको ले यो रक्तदान कार्यक्रमले थोरै भएपनि रगतको अभाबलाइ पुरा गर्ने कुरा कार्यक्रमका बक्ताहरुले बताएका थिए ।
कार्यक्रममा सुरक्षाकर्मी, बिभिन्न सँघ सँस्थाका अगुवा तथा सदस्यहरु लगायत स्थानिय युवाहरु ले रक्तदान गरेका थिए ।