बिनिता निरौला
गौरादह/कृषि प्रधान देशमा किसानले रासायनिक मल युरिया र डिएपी सहज रुपमा पाएका छैनन्।रासायनिक मल बिक्री गर्ने संस्थाले किसानलाई आवश्यकता अनुसार मल दिन नस्कदा रासायनिक मलकाे हाहाकार भएकाे हाे।खेती गर्ने समय सुरु भएपनि रासायनिक मल लिनकाे लागि किसान सहकारी खुल्नु भन्दा २ घण्टा अगाडि देखि नै सहकारीकाे ढाेका अगाडि उभिएका हुन्छन्।रासायनिक मल नलगाई धान नफल्ने भएकाले ढिलाे भएमा मल नपाइने हाेकी भनेर सहकारी खुल्नु भन्दा अगाडिनै सहकारी संस्था आएर बसेकाे गौरादह -८ का अनिल भण्डारी बताउँछन्।रासायनिक मल डिएपी र युरिया लिनकाे लागि गाेजिमा पैसा बाेकेर गएपनि सहज रुपमा पाइन्दैन।सहकारी संस्थालाई मल लिनकाे लागि नेपाली नागरिकता र जग्गा धनिपुर्जाकाे फाेटाे कपि पेश गर्नु पर्छ।किसानले नागरिकता र धनी पुर्जाकाे फाेटाे कपी पेश गरेपनि आफुलाई चाहिएजति पाउदैनन्। खेती धेरै हुने किसानले रासायनिक मल लिनकाे लागि नागरिकता र धनीपुर्जाकाे फाेटाे कपी पटकपटक बाेकेर सहकारी धाउनु पर्ने बाध्यता छ। रासायनिक मल लिन गएपिच्छे फाेटाेकपी बाेकेर जानू पर्छ।भुसकाे मुल्यमा धान बिक्री गरेका किसानलाई मल लिन भने नागरिकता र धनीपुर्जाकाे फाेटाेकपी पेश गर्नु पर्छ।असार लागि सकेकाले किसानलाई धान राेप्नै पर्ने बाध्यता छ।खेती गर्ने समयमा सहज रुपमा रासायनिक मल निपाउँदा किसानलाई हैरान भएकाे छ।किसानले पैसा तिरेर मल किन्न खाेज्दा पनि सहज रुपमा नपाउनु दुर्भाग्य भएकाे गौरादह -२ का किसान गंगा बहादुर खड्का बताउँछन्।किसानले राहात त पाएनन् तर मल बीउ भने सहज रुपमा पाउनु पर्ने खड्काकाे भनाइ छ।अधिकांश मानिसहरुले खेति गर्ने भएकाले सरकारी तवरबाट आउने मल किसानले सहज रुपमा आफुलाई पाएक पर्ने ठाउँबाट किन्न पाउनु पर्ने हाे। एउटै पालिका भित्र बसाेबास गरेपनि किसानले पाएक पर्ने ठाउँमा मल किन्न पाउदैनन्।एउटा सहकारीले एउटा वडाका किसानलाई मात्र दिने गरेका छन। आफू बसेकाे वडाले ताेकिएकाे स्थानमा मात्र मल खरिद गर्न पाइन्छ।रासायनिक मल डिएपी र युरिया कृषि सामग्री कम्पनीले थाेरै मात्रामा पठाएकाले किसानलाई पनि एकै पटकमा चाहिएजति दिन नसकेकाे जुराेपानी बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य बेवस्थापक कुमार चापागाईं बताउँछन्।किसानलाई के कति मात्रामा मल दिएकाे हाे त्यसकाे बिबरण नगरपालिकामा पेश गर्नु पर्ने भएकाले किसान सँग नागरिकता र धनिपुर्जाकाे फाेटाेकपी लिनु परेकाे उनकाे भनाइ छ।
मलको हाहाकार
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्

