फागुन २, गौरीगञ्ज । गौरीगञ्जका एक ब्यक्तिले ११ जना युवा हरुलाई ललाई फकाई भिजिट भिसामा दबइ पठाएर अलपत्र परेका छन् । गौरीगञ्ज वडा नँ ३ का स्थानीय सञ्जय महतोले गौरीगञ्जका ९ सहित ११ जना युवालाई बिभिन्न प्रलोभनमा पारी अबैध रुपमा भिजिट भिसामा दबइ पठाएर अलपत्र परेका हुन् ।
अलपत्र पर्नेमा गौरीगञ्ज ३ का स्थानीय पुरण महतो वडा नं ३ कै नुर महम्मद, दिपक सह, वडा नँ ६ का मोहम्मद शाहजाद आलम, महम्मद समिम हुसेन, मोहम्मद मोहम्मद मुन्ना, मोहम्मद नजिम, राकेश यादब, धिरज कुमार यादव, मोरँग रतुवामाई का मोहम्मद आजाद र नसिम आजाद रहेका छन् ।
सञ्जय महतोले निजहरुलाई दुबइमा भिजिट भिसालाई वर्किङ् भिसामा परिणत गरि मासिक १२ सय ७५ रियाल तलब हुने ग्यास प्लान्ट मा काम लगाईदिने, ५ महिना पछी १ महिना छुट्टी हुने, घर आउन जान कम्पनी ले नै टिकटको व्यवस्था गरिदिने जस्ता प्रलोभन देखाई प्रत्येक युवाहरु बाट जनहि रु २ लाखका दरले रकम उठाई पुरन महतो लाई पुस मा र अन्य दस जनालाई गत माघको पहिलो साता दुबइ उडाएको कुरा पिडितहरुका एक अभिभाबक मोहम्मद नसिर ले जनाएका छन् । पुरन महतो लाई भने खजुर प्याकिङ गर्ने काममा लगाईदिने प्रलोभन देखाई दुबइ पठाएको कुरा उनकी श्रीमती रुक्मणी महतोले बताएकी छिन् ।
तर दुबइ पुगेर भिजिट भिसाको म्याद सकिन लाग्दा समेत भने जस्तो काममा नलगाएको, आफुहरु सहित लगभग ३५ जना मानिसहरुलाई एउटा साँघुरो कोठामा बन्धक जस्तो बनाएर राखेको, समयमा खाना पनि खान नदिएको, रिटन टिकट पनि क्यान्सिल गरि आफुहरुलाई बिचल्लि मा पारेको कुरा पिडित मध्ये का एक नुर महम्मद ले ह्वाट्सएपमा गौरीगञ्ज दर्पण सँग कुरा गर्दै बताएका छन् ।
अबैध रुपमा दुबइ काम गर्न पठाएर ११ जना युवा हरुलाई बिचल्लि मा परेपछी ति युवाका अभिभाबक हरुले गत शुक्रबार सञ्जय महतोको घर पुगि आफ्ना छोराहरुलाई फिर्ता ल्याईदिने माग गरेका थिए ।
निज महतोको प्रलोभन मा परि भिजिट भिसामा दुबइ पुगि गौरीगञ्जका ९ सहित ११ युवा अलपत्र परेपछि आईतबार गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ को उपस्थितिमा ईलाका प्रहरी कार्यालय गौराीगञ्ज मा पिडक र पिडित पक्ष बिच छलफल गरिएको थियो । छलफलमा पिडक सञ्जय महतोले कुनै म्यानपावर कम्पनी सँग समन्वय नै नगरि अबैध रुपमा भिजिट भिसामा काम गर्न दुबइ पठाएको स्विकारेका छन् । भिजिट भिसा को म्याद केहि दिन बाँकी रहेको मा म्याद भित्रै भने जस्तो काम लगाई दिन नसके म्याद सकिन दुइ दिन बाँकी रहँदा पिडित हरुलाई पिडक सञ्जय महतोले फिर्ता ल्याइदिने सहमति गरिएको छ ।
यस अघि गत पुसमा गौरीगञ्ज ३ वाईसीटोलका पुष्प कार्की ले वडा नँ ४ का दुइ युवा हरु टँक झा र धिरज गिरी लाई भिजिट भिसामा दुबइ पठाएर अलपत्र परेका थिए । पिडित झा र गिरीलाई आप्रवासन श्रोत केन्द्र गौरीगञ्जक लगायत बिभिन्न निकायहरुको सहयोग मा नेपाल फर्काईएको कुरा श्रोत केन्द्र का कन्सलटेन्ट ज्ञानु राजवँशीले बताएकी छन् ।
भिजिट भिसामा विदेश गएर काम गर्नु गैर कानुनी भएको कुरा सम्झाउदा सम्झाउदै पनि युवाहरु दलाल को चँगुलमा फस्ने गरेको कुरा कन्सलटेन्ट राजवँशी बताउछिन् । उनले हाल यो भिजिट भिसामा काम गर्न भनेर खाडी मुलुक मा पुगि अलपत्र पर्ने गरेको समस्याका केसहरु हरु महिना मा १० देखि १२ वटा सम्म आफुहरुकहा आउने गरेको नमिठो अनुभव उनको छ । यो समस्या घट्नुको सट्टा झन झन बढिरहेको तिक्त अनुभब उनि सुनाउछन् ।