भास्सियो बिरिङ खोलाको पुल

पढ्न समय: 1 मिनेट

साउन २९, झापा । शनिश्चरे दानावारी सडक खण्ड अन्तर्गतको बिरिङ खोलाको पुल १५ बर्ष नपुग्दै भास्सिएको छ । पुल भास्सिएसँगै सो सडक आइतवारदेखि अवरुद्ध भएको छ । २०६५ सालमा भारतीय दूतावासको सहयोगमा सो पुल निर्माण भएको थियो ।

शनिवार रातिदेखि परेको पानीका कारण खोलामा आएको बाढीले पुल भासिएको स्थानीयहरयले ले बताएका छन्। अर्जुनधारा नगरपालिकाले समयमा ध्यान नदिँदा पुल मर्मत नभएको स्थानीयहरु बताउँछन् । पुल भासिएपछि शनिश्चरे दानाबारी सडकमा आवतजावत बन्द भएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्