भारतीय गृहमन्त्री अमित शाहले झापाको गौरीगञ्ज वडा नं ५ फतेहपुर स्थित नेपाल भारत सीमा नजिकै भारत तर्फ बनेको बिओपी भवनको उद्घाटन गरेका छन् । भारतीय समय अनुसार १० : ३० मा आउने भनिएपनि उनि मध्याह १२ बजे तिर मात्र आएका थिए । आए लगत्तै उनले फतेहपुर, माफिटोल, रानीगँज र आमगाछी बिओपी भवनको शिलालेख हरुको अनावरण गरेका थिए ।
फत्तेपुर क्षेत्रमा करिब १ घण्टा सम्म बिताएका उनले बिओपी भवनको हाता भित्र उपस्थित करिब ३ सय सीमा सुरक्षा बल का सशस्त्र प्रहरी का जवान तथा सुरक्षा निकाय का अधिकारी हरुलाई सम्बोधन गर्दै सीमारक्षार्थ खटिएका जवानहरुलाई धन्यवाद दिएका छन् । करिब १५ मिनेट को सँबोधनमा उनले नेपाल भारत र भुटान भारत सीमाको चर्चा मात्र गरेका थिए ।
उनि आउने भएपछि भारतीय पक्षले नेपाल भारत सीमा को फत्तेपुर नाका मा कडाई गरेका थिए । हिजो पैदल भारत तर्फ प्रवेश गर्न दिएका सीमा सुरक्षा बल का जवानहरुले आज बिहानै देखि ढाट लगाएर सो नाका पुर्ण रुपमा बन्द गरेकाथिए । भारतीय पक्षबाट सीमा नाका बन्द गरिएपछि नेपाल तर्फ मन्त्री हेर्न आउने को भिड लागेको थियो । सुरक्षा व्यवस्था कडा बनाउन भारत तर्फ पनि फत्तेपुर क्षेत्रमा पुरै बजार पसल बन्द गरिएको थियो भने सडकमा मान्छे निस्कन नदिन भारतको टेढागाछ देखि फत्तेपुर सम्म को सडक भरि करिब ३ सयको हाराहारीमा बिहार प्रहरी र सशस्त्रका जवानहरु परिचालन गरिएको थियो ।
मन्त्री शाहका साथमा भारतिय सशस्त्र सीमा बलका महानिर्देशक सुजोय लाल थाङ्सेन र सिमान्त मुख्यालय सिलिगुडी का आईजी श्री अमित कुमार पनि कार्यक्रम मा उपस्थित थिए। कार्यक्रम मा महानिर्देशक थाङ्सेन ले उपस्थित सुरक्षा कर्मी र अधिकारी हरुको स्वागत गरेका थिए । स्वागत मन्तव्य राख्दै उनले नेपाल भारत सीमा मा भइरहने आपराधिक गतिविधि हरुको चर्चा गरेका थिए । कार्यक्रम को अन्त्यमा सशस्त्र प्रहरी बल का तर्फबाट गृहमन्त्री लाई र गृहमन्त्री का तर्फबाट सशस्त्र प्रहरी बल लाई मायाको चिनो (भेट) साटासाट गरिएको थियो।
भारतीय गृहमन्त्री शाह ले उद्घाटन गरेको सो बिओपी भवन दसगजा क्षेत्र टाँसिने गरि बनाइएको छ ।
भारतीय सुरक्षाकर्मी, सुरक्षा निकाय का अधिकारी हरु र केहि सिमित सञ्चारकर्मी हरुलाई मात्र कार्यक्रम मा प्रवेश दिइएको थियो भने नेपालका तर्फबाट गौरीगञ्ज दर्पण डटकम का सम्पादक मदन राजवंशी मनप्रीत लाई मात्र सीमा प्रवेश गर्न र कार्यक्रमको रिपोर्टिङ गर्न अनुमति दिइएको थियो ।
औपचारिक कार्यक्रम पछी जलपान कार्यक्रम सरिक भएर गृहमन्त्री शाह सहितका अतिथि सुरक्षा अधिकारीहरु किशनगञ्ज तिर लागेका छन । दिउसो २ : ३० बजे किशनगंज मा भारतिय बिएसएफ, एसएसबी र आईटिपिपि का अधिकारी हरु सँग सीमा सुरक्षा सँबन्धि बैठकमा भाग लिने र ३: ३० बजे धार्मिक अमृत सभामा भाग लिएर दिल्ली फर्किने कार्यक्रम रहेको कुरा सुरक्षा अधिकारीहरु ले बताएका छन् । मन्त्री शाहको हेलिकप्टर टेढागाछ मा अवतरण गर्दा हेलिकप्टर हेर्ने सर्वसाधारण हरुको भिड लागेको थियो ।