भद्रपुर नगरपालिका परिसर भित्र एक महिलाद्वारा आत्मदाहको प्रयास

पढ्न समय: 2 मिनेट

पुस ६, भद्रपुर । झापाको भद्रपुर नगरपालिका को कार्यालय परिसरमा एक महिलाले आत्मदाहको प्रयास गरेका छन् । वैदेशिक रोजगारीमा गएका श्रीमान् अकबर अन्सारी दुबइमा अलपत्र परेपछि उद्दार गरिदिन सरकारले पहल नगरेको भन्दै भद्रपुर ८ फुलबारीकी खातुनले नगरपालिकमा आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् ।


दुई महिनादेखि दुबईमा बन्दीसरह बसिरहेका श्रीमान् अन्सारीको सकुशल उद्दारका लागि खातुन बिहीबार बिहान १० बजेतिर नगर प्रमुख गणेश पोखरेललाई भेट्न उनकै कार्यकक्ष पुगेकी थिइन्।

- Advertisement -
Ad image

खातुनले नगर प्रमुख पोखरेलसँग कुराकानी गर्दागर्दै एक्कासी सलभित्र लुकाएर ल्याएको पेट्रोलको बोतल खोलेर शरीरमा छर्किइन् । त्यसपछि सलाई कोर्नै लाग्दा त्यहाँ उपस्थित व्यक्तिहरुले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी खगेन्द्र रिजालले बताए ।
उनले भने, ‘उहाँको श्रीमान् विदेशमा समस्या हुनु हुँदो रहेछ, उद्दार गरिदिन भन्दै हिँडिरहनु भएको रहेछ । शुक्रबार नगरपालिका पुगेर पेट्रोल छर्किएपछि उद्दार गरेका छौं ।’

भद्रपुर नगरपालिका–८, फुलबारी बस्ने अकवर २८ असोजमा दुबई गएका थिए । त्यहाँ उनलाई ११२० दिराम मासिक तलब दिएर फिनिसिङ कार्पेन्टरको काम लगाउने भनिएपनि फरक काममा लगाइएको थियो । लेबरको काममा लगाएपछि ९ दिनमा उनी बिरामी परेको पाइएको प्रहरीले जनाएको छ । फर्किनका लागि भाडा समेत नभएपछि परिवार विचल्लीमा परेको थियो । प्रहरीका अनुसार, अहिले खातुनलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मा लगाएको छ ।

भद्रपुर नगरपालिकाले भने उनको पतिको उद्दारका लागि पहल भइरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्