जेठ २९ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ स्थित अतिथी सदनको लोकसेवा सदनको बिबादित जग्गाको मुद्दा अघि बढाउन आइतबार स्थानियहरुले सँघर्ष समिती बनाएरै जन दबाब दिएपछी गौरीगञ्ज गाउँपालिकाले सो मुद्दा अघि बढाउन तयार भएको छ । आज सोमबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठलाइ मुद्दाको अख्तियारी दिइ मुद्दा पुनरावेदन गर्ने निर्णय भएको कुरा एक कार्यपालिका सदस्यले जनाएको छ ।
यस अघि सो मुद्दाको पुनरनवेदन गर्ने म्याद १० दिन मात्र बाँकी हुँदा सम्म पनि सो मुद्दा अघि बढाउन गाउँपालिकाले आलटाल गर्दै आइरहेको थियो । गाउँपालिका भित्रैबाट सो मुद्दा कमजोर बनाउने चलखेल हुन थालेको प्रमाण र गाउँपालिका अध्यक्ष फुलबती राजवँशीबाट चित्त बुझ्दो जवाफ नपाएपछी वडा नँ ३ को कार्यालयको समन्वय मा स्थानिय हरुले सँघर्ष समिती नै बनाएर गाउँपालिका लाइ दवाब दिएका थिए ।
सँगठित रुपमा गाउँपालिका पुगेका स्थानियहरुले गाउँपालिका अध्यक्ष राजवँशीलाइ सो मुद्दाबारे गाउँपालिकाको धारणा सोधेका थिए । अध्यक्ष राजवँशीले लामो समय सम्म आलटाले जवाफ दिएपछी स्थानिय अगुवा श्याम ढकालले सो मुद्दा गाउँपालिकाले अघि बढाउन आलटाल मै समय गुजारे स्वयम् स्थानियहरुले गाउँपालिकालाइ समेत बिपक्षी बनाएर मुद्दा दर्ता गर्ने चेतावनी समेत दिएका थिए । उनले गाउँपालिकालाइ बिपक्षी बनाएर मुद्दा दर्ता गर्दा गाउँपालिकाका कुन कुन पदाधिकारीमाथी मुद्दा चलाउने भनि आफुहरुसँग यथेष्ट प्रमाण रहेको समेत बताएका थिए । सामाजिक सञ्जालबाट समेत गाउँपालिकाको आलोचना र जन दवाव आएपछी गाउँपालिकाको सो निर्णय आएको हो ।