• पुस ८, २०७८
  • Madan Rajbanshi
  • 0

पुस ८ गौरीगञ्ज । गौरादह नगरपालिका वडा नं ९ स्थित बैगुन्धुरा बजारमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई ले एक कार्यक्रमबीच सो प्रहरी चौकीको उद्घाटन गरेका छन् ।

प्रहरी चौकी

उद्घाटन कार्यक्रममा बोल्दै वडा नँ ९ का वडाध्यक्ष सिताराम भट्टराई ले बैगुन्धुराको शान्ति सुरक्षा का निम्ति प्रहरी चौकी स्थापना गर्न अग्रज हरुले पहल गरेको र आफु निर्वाचित भएर आएको सालदेखि नै प्रहरी चौकी स्थापना का लागि प्रयास जारी राखेपनि सो प्रयास ले बल्ल मुर्त रूप पाएको जिकिर गरे । अहिले अस्थायी प्रहरी चौकी स्थापना गर्न सफल भएपनि भोलिका दिनमा अस्थायी शब्दको अ भन्ने अक्षर हटाउन समेत लागि पर्ने प्रतिबद्धता उनले जनाएका छन् । प्रहरी चौकी को स्थापना सँगै बजारमा भएका सँघ सँस्था लगायत वडाबासी हरुको जिउँधनको सुरक्षामा थप टेवा पुग्ने बिश्वास उनले ब्यक्त गरेका छन् ‌।

उद्घाटन गरिदै

कार्यक्रम मा बोल्दै प्रहरी प्रमुख सानुराम भट्टराई ले बैगुन्धुराको शान्ति सुरक्षा का निम्ति स्थानीय बासी हरुको साथ सहयोगको अपेक्षा गर्दै वडाबासीहरुको सल्लाह र सुझाव अनुसार चौकी बाट प्रदान गरिने शान्ति सुरक्षा सँबन्धी सेवामा प्रदान गरिने बताएका छन् ।

हाल सो अस्थायी चौकी पुरानो स्वास्थ्य चौकीको भवन मा स्थापना भएपनि प्रहरी चौकीको आफ्नै भवनका लागि बैगुन्धुरा र झमक चोकको बिचमा पण्डित टेकनाथ उपाध्याय ले ५ कट्ठा जग्गा दान दिएको र सो जग्गामा सँरचना निर्माण का लागि यो बर्ष वडा कार्यालय बाट केहि रकम बिनियोजन गरिएको कुरा वडाध्यक्ष भाले बताए ।
चौकीमा हाल प्रहरी सहायक निरीक्षक को नेतृत्व मा ६ जना सुरक्षाकर्मी खटिएका छन् ‌ ।