बिनिता निरौला ।
गौरादह/गौरादह नगरपालिका वडा नं -९ बैगुन्धुराका किसानलाई कृषि उपकरण बितरण गरिएको छ। वडा भित्र रहेका किसानलाई च्यापकटर, स्प्रे ट्यनङकी, पानी तान्ने माेटर र बाेयर जातका बाेका पाठी बितरण गरिएकाे छ।किसानकाे जीवन स्तर उकास्ने उदेश्यले कृषक समूह तथा किसानलाई अनुदानमा वडा कार्यलयले कृषि उपकरण बितरण गरिएकाे छ। वडा कार्यलयकाे आर्थिक बर्ष २०७७/०७८ काे वडा स्तरीय कृषि तर्फकाे याेजनाबाट ५० प्रतिशत अनुदानमा च्यापकटर र स्प्रे ट्याङ्की, ७५ प्रतिशत अनुदानमा बाेयर जातका बाेका पाठी र २/३ काे पानी तान्ने माेटर ५० प्रतिशत अनुदानमा बितरण गरिएकाे छ।वडा भित्र रहेका २० जना किसानलाई च्यापकटर, ६५ जनालाई स्प्रे ट्याङ्की, ६ जनालाई बाेयर जातका बाेका र ३ जना किसानलाई पाठी, २१ जना किसानलाई २/३ काे पानी तान्ने माेटर बितरण गरिएको हाे। वडा कार्यलयले किसानलाई आय अार्जनमा बृद्वी गरि जिबिकाे पार्जनमा सहजताका लागि पशु पालक तथा खेती गर्ने किसानलाई उपयाेगी हुने सामग्री बितरण गरेकाे छ।वडा कार्यलयले किसानलाई अति आवश्यक पर्ने कृषि उपकरण बितरण गरेकाे र यश उपकरणलाई सदुपयोग गर्न सके किसानलाई काममा सहज हुने साबिक बैगुन्धुरा गाबिसका निबर्तमा गाबिस अध्यक्ष सीताराम दहालले जानकारी गराए। खाद्य बालि तथा तरकारीका बिरुवाहरुमा दवाई तथा भिटामिन लगाउन चार्जबाट चलाउन सकिने स्प्रे ट्याङ्की पाएकाेमा गौरादह -९ कि किसान निता प्रसाईंले खुशी ब्याक्त गरिन।किसानहरुले परम्परा काल देखि गर्दै आएकाे कृषि प्रणालीमा आधुनिकिकरण गर्न आवश्यक रहेकाे बताउदै थाेरै समयमा धेरै काम गर्न सहयाेग पुग्ने उदेश्यले किसानहरुकाे माग बमोजिम कृषि सामग्री बितरण गरिएकाे वडा नं -९ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति सीताराम भट्टराईले बताए।गौरादह नगरपालिका भित्र बसाेबास गर्ने अधिकांश नागरिक कृषि पेशामा निर्भर रहेकाले किसानकाे जीवन स्तर उकास्न स्थानीय सरकारले कृषि सामग्री बितरण गरेकाे गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि राेहित कुमार शाहले जानकारी गराए।नगरकाे सबै क्षेत्रकाे बिकाशका लागि स्थानीय सरकारले नगरकाे बजेट बिनियाेजन गरेकाे मेयर शाहले जानकारी गराए। कार्यक्रमकाे संचालन वडा सचिब राम प्रसाद दाहाल र कर्मचारी केदार बाबू गिरीले गरेका थिए।