
कार्तिक १८, गौरीगञ्ज । झापाको गौरीञ्ज १ स्थित कुञ्जिबारी मा कोच आदिवासी हरुको महान पर्व हुकाहुकीको अवसरमा बृहत हुकाहुकी तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कोचिला एकता जागरण समिति को आयोजनामा आयोजित उक्त कोच भाषि चर्चित गायक बलराम राजवंशी र बलबहादुर राजवँशी ले आफ्ना प्रस्तुति हरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
समिति का अध्यक्ष रेखा राजवँशीको सभापतित्वमा भएको कार्यक्रममा वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी रासबिसका जिल्ला अध्यक्ष दिनेश राजवंशी लगायतको उपस्थिति रहेको थियो ।