
साउन १२:, झापा । झापाको कमल गाउँपालिकाले पनि बुधबारदेखि कडा लकडाउन गर्ने भएको छ । आज बसेका राजनीतिक दलहरु सहितको बैठकले सो गर्ने निर्णय गरेको हाे । साउन १३ गते मध्यरात देखि २० गते मध्यरातसम्म पुर्ण लकडाउन गर्ने निर्णय भएको हाे । औषधी बाहेकका सबै पसल बन्द हुने छन भने तरकारी गाउपालिका भित्र हाेम डेलिभरी गर्न दिइने उल्लेख छ।