बिर्तामोड मा आफ्नै घर अगाडी २५ बर्षिया महिलाको शव अर्धनग्न अवस्थामा फेला

पढ्न समय: 1 मिनेट

असार २८, बिर्तामोड । झापाको बिर्तामोडमा सोमबार बिहान एक महिला मृत अबस्थामा फेला परेकी छिन् ।‌आफ्नै घरअगाडि अर्धनग्न अवस्थामा उनको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड-५ मा २५ वर्षीय सृजना बस्नेतको शव भेटिएको कुरा प्रहरी ले जनाएको छ ।

प्रहरीका अनुसार उनको हात र पछाडिको भाग धसारिएकाे छ। ‘ घटना शंकास्पद छ। यसबारे अनुसन्धान गरिरहेका छौँ । – बिर्तामोड का डिएसपी सन्तोष आचार्यले बताए । ’

- Advertisement -
Ad image

सानिआमा नाता पर्नेको घरमा भाडामा आमासहित उनि बस्दै आएकी थिइन् । उनी बिर्तामोडकै एक सहकारीमा काम गर्दै आएकी थिइन्।

तस्बिर – शम्भुजित दाहाल

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्