बिर्तामोड मा आफ्नै घर अगाडी २५ बर्षिया महिलाको शव अर्धनग्न अवस्थामा फेला

असार २८, बिर्तामोड । झापाको बिर्तामोडमा सोमबार बिहान एक महिला मृत अबस्थामा फेला परेकी छिन् ।‌आफ्नै घरअगाडि अर्धनग्न अवस्थामा उनको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड-५ मा २५ वर्षीय सृजना बस्नेतको शव भेटिएको कुरा प्रहरी ले जनाएको छ ।

प्रहरीका अनुसार उनको हात र पछाडिको भाग धसारिएकाे छ। ‘ घटना शंकास्पद छ। यसबारे अनुसन्धान गरिरहेका छौँ । – बिर्तामोड का डिएसपी सन्तोष आचार्यले बताए । ’

सानिआमा नाता पर्नेको घरमा भाडामा आमासहित उनि बस्दै आएकी थिइन् । उनी बिर्तामोडकै एक सहकारीमा काम गर्दै आएकी थिइन्।

तस्बिर – शम्भुजित दाहाल

अघिल्लो लेखमासमयमा योजना सम्पन्न गर्न नसक्नेमा वडा नँ ३ पहिलो स्थानमा
अर्को लेखमाबिद्यालय खोल्न पाउनुपर्ने माग राखि प्याब्सन गौरीगञ्जले बुझायो ज्ञापनपत्र