
साउन १६, गौरीगञ्ज । हिजो विर्तामोडको एक होटलमा खोपसहित नगरका फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानविन गर्न समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्ला कोभिड खोप व्यवस्थापन समितिको आज बसेको बैठकले सहायक प्रजिअ त्रिलोचन रिमालको संयोकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।
समितिले सो घटनाको यथार्थ छानविन गरी सात दिनभित्र प्रतिवेदन दिनुपर्ने निर्णय भएको छ ।
समितिको सदस्यहरुमा जिल्ला समन्वय समितिका अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी वल २ नं. हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।