माघ ८, बिर्तामोड । मेची राजमार्ग अन्तर्गत पर्ने बुद्धशान्ति –७ सुनमाई मन्दिर चोकको राजमार्गमा स्थानीयले सडक बीचमै केराको रोपेका छन् । साडक बिग्रिएर दुर्घटनाको उच्च जोखिम हुँदा पनि सम्बन्धित निकायलले वास्ता नगरेपछि बिरोध स्वरुप बीच सडक मै केरा रोपिएको हो ।
स्थानीय नागरिकहरुले पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएपछी स्थानीय भेला भई बिरोध जनाउँदै बीच सडकम केरा रोपेका छन् ।
केही दिन अघि मात्रै सो स्थानमा एक व्यक्ती दुर्घटनामा परि घाइते भएका थिए । उक्त स्थानमा दुर्घटना भएसक्दा पनि सम्बन्धित निकायको ध्यान नपुगेको र बिग्रेको लामो समयसम्म पनि मर्मत नहुँदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै स्थानीय सरकारलाई दवाब दिन बीच सडकमै केराको बोट रोपेको स्थानीयले बताएका छन् ।