बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा १२ बिद्यार्थी घाईते

पढ्न समय: 1 मिनेट

चैत १० मोरङ – मोरङको जहँदा गाउँपालिकामा विद्यालयको बस दुर्घटना हुँदा १२ विद्यार्थी घाईते भएका छन् । गाउँपालिका स्थित सिसौबारीको भित्री सडकखण्डमा विद्यार्थी सवार विद्यालयको बस दुर्घटनामा परेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार आइतबार भएको सो दुर्घटनामा १२ जना विद्यार्थी घाइते भएका छन्।

ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार घाइते विद्यार्थी ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिका छन्।

- Advertisement -
Ad image

कटहरी गाउँपालिकास्थित सुप्रभा इङलिस स्कुलको को २ ख ९५१७ नम्बरको बस जहँदा गाउँपालिकाको वडा नम्बर ४ स्थित सिसौबारको भित्री सडकमा भएको हो।

प्रहरी निरीक्षक लम्सालले विद्यार्थी बोकेको बस अनियन्त्रित हुँदै सडकको नालामा ठोक्किएर पल्टिएको जानकारी दिए। सवार चालक ३५ वर्षीय सिताराम राजवंशी फरार रहेको जानकारी दिँदै उनले घटनामा विष्णु मुर्मु, रुपेश मरण्डी, दिपीका टुडु, निर्जला मुर्मु, शिव किस्कु, शंकर किस्कु ,आर्यन हेमरन, रुपेश भलाटी, विष्कु मुर्मु, एलिसा टुडु, राहुल र सुदव सुसेकार घाइते भएको बताए।

घाइतेलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको ट्राफिक कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्