बिनिता निरौला ।
गाैरादह/सडक बिस्तार गरिदा सडक भित्र परेका बिजुलीका खम्बा हालसम्म पनि सारिएकाे छैन। जनप्रतिनिधि निर्वाचित भएर पालिकामा आएपछि सडक संजाल बिस्तार गर्ने कार्य सुरु गरिएकाे थियाे।स्थानीय सरकार र बिधुत प्राधिकरण बिच तालमेल नमिल्दा बिजुलीका खम्बा नसारिएका हुन।स्थानीय सरकारले सडक बिस्तार गर्दा सडकमा परेका बिजुलीका खम्बाका कारण दुर्घटनाकाे जाेखिम बढेकाे छ । सडक साघुराे हुदा सडक बाहिर रहेका खम्बा सडक बिस्तार हुदा सडक भित्र परेका छन्।विधुत प्राधिकरणले सडक साघुराे भए ठाउमा विचार नपुर्याइ खम्बा गाड्दा याे समस्या अाएकाे हाे । स्थानिय सरकारले अाफ्नाे पालिका भित्र रहेका सबै सडकहरू विस्तार गरि अावात जावतमा सहज बनाइरहेकाे छ । स्थानिय सरकारले सडक सन्जाल विस्तारका लागि ठुलाे रकम खर्च गरेकाे छ । सडक साघुराे हुदा ठुला सवारि साधन अावात जावत गर्न समस्या अाउन नदिन सडक विस्तार गरेकाे हाे । स्थानीय सरकारलाई सडक विस्तार गर्न विजुलिका खम्बाहरू बाधक बनेका छन्। सडक संजाल बिस्तार गर्दा बिजुलीका खम्बाहरु केही सडकका बिचमा परेका छनभने केही सडकका छेउमा परेका छन।गौरादह नपा ७ काे पुरानाे ग्वालडुब्बा छेउकाे चौबाटाेमा सडककाे बिचमा परेकाे छ।पुरानाे ग्वालडुब्बा मादल डाँडा दहलु ठकठके लगायतका अधिकांश भित्री सडकहरुमा बिजुलीका खम्बा सडकमा परेका छन।बिशेष गरि मुख्य सडक भन्दा भित्री गाउँका सडकहरुमा बिधुतका खम्बा सडकमा परेका छन। विधुत प्राधिकरणले नागरिकहरू समक्ष विधुतकाे व्यापार गर्दा सडक छेउमा खम्बा गाडेकाे थियाे। विधुत प्राधिकरणले खम्बा सार्न स्थानिय सरकारलाई देखाएर पन्छिरहेकाे छ । व्यापार गर्ने क्रममा सडक छेउमा गाडिएका खम्बाहरू प्राधिकरणले अाफै सार्नु पर्ने हाे । स्थानिय सरकारले सडक भित्र परेका खम्बाहरू सार्ने खर्च बेहाेरेमा विधुत प्राधिकरण खम्बा सार्न तयार रहेकाे बताउछ ।नगरपालिकामा बजेट नभएकाले सडक भित्र रहेका बिजुलीका खम्बाहरू सार्न नसकिएकाे गौरादह नगरपालिकाका मेयर राेहित कुमार शाह बताउँछन्। केही वडाहरुले बजेट बिनियाेजन गरि खम्बा सार्ने कार्य भइरहेकाे मेयर शाहले बताए। नागरिकलाई दुर्घटनाकाे जाेखिमबाट बचाउन सडक भित्र रहेका खम्बाहरू तुरून्त सारिनु पर्ने गौरादह -७ का दुर्गा ढकाल बताउँछन्। दिउसाे उज्यालाे हुने भएकाले दुर्घटनाकाे जाेखिम नरहेपनि रातकाे समयमा दुर्घटनाकाे जाेखिम हुने देखिन्छ।दाेहाेराे सवारि साधन रातकाे समयमा हिड्दा गाडिका लाइटका कारण सडकका खम्बामा गाडि ठाेकिन गई गाउँमै अागलागि हुन सक्ने सम्भावना पनि उतिकै छ । नागरिककाे जनधनकाे क्षतिबाट जाेगाउन खम्बाहरू तत्काल सारिन अावश्यक छ । स्थानिय सरकारले खर्चकाे व्यवस्थापन गरि विधुत प्राधिकरण सँग समन्वय गरेर खम्बा सार्न अावश्यक देखिन्छ ।विजुलिका खम्बा सार्ने प्रक्रिया अगाडि नबढाए सडक विस्तार गर्नुकाे अाैचित्य देखिदैन । नागरिकलाई दुर्घटनाकाे जाेखिमबाट बचाउन पहिले नै खम्बा सारेर सडक विस्तार गर्नु राम्रो हुन्थ्याे ।बिजुलीका खम्बा सडक बाहिर नसारी सडक बिस्तार गर्दा समस्या थपिएकाे हाे।