चैत ५ गौरीगञ्ज । मध्यान्ह १२ बजे नै गौरीगञ्ज बहुमुखी क्याम्पसमा स्वबियुको मतदान सम्पन्न भएपनी साँझ सात बजे बल्ल मतगणना शुरु भएको छ । क्याम्पसमा भर्ना भएकै बिद्यार्थीलाइ मतगणना प्रतिनिधि पठाएपछी मतगणना शुरु भएको हो ।
आइतबार मध्यान्ह १२ बजे नै मतदान सम्पन्न भएपनी नेबिसँघ ले क्याम्पसमा भर्ना नै नभएका बिद्यार्थीलाइ मतगनणा प्रतिनिधि पठाउन खोजेपछी बिबाद शुरु भएको थियो । मतदान सकिएपछी नेबिसँघले निबर्तमान स्वबियु सभापती देब ताजपुरियालाइ मतगणना प्रतिनिधि पठाउने अडान लिएको थियो । निबर्तमान सभापती ताजपुरिया २०७८ साल मै स्नातक अध्ययन सकेर बिदाइ भइसकेका बिद्यार्थी हुन् । क्याम्पसमा भर्ना नै नभएका बिद्यार्थी प्रतिनिधि बस्न खोजेपछी अनेरास्वबियुका बिद्यार्थीहरु बिरोधमा उत्रेका थिए ।
मत गणना प्रतिनिधि मा बिबाद आएपछी निर्वाचन अधिकृत भक्त भण्डारीले सहमतीका लागि लामो प्रयास गरेका थिए ।

स्वबियु चुनाबमा गैर बिद्यार्थीको जगजगी


गौरीगञ्ज बहुमुखी क्याम्पसमा स्वबियु चुनाब भइरहदा यस पटक लचुनाबमा क्याम्पसका बिद्यार्थी भन्दा गैर बिद्यार्थीको जगजगी बढेको देखिएको छ । मतदान सकिएर मतगणना कार्य ढिलो हुनुमा समेत गैर बिद्यार्थीहरुको चलखेल देखिएको छ । क्याम्पस हाता भित्र मतदान भइरहदा क्याम्पस गेट बाहिर गाउँपालिकाका बहालवाला वडाध्यक्ष वडासदस्य तथा सामुदायिक बिद्यालयका शिक्षक तथा स्थानीय नेताहरुको जमातले निर्वाचन आचारसँहिता बिपरित मतदान लाइ नै प्रभाबित पार्ने गरि आआफ्नो दलका भातृ सँगठनहरुको लागि भोट माग्नमा ब्यस्त थिए भने मतदान सकिएपछी क्याम्पसको हाता भित्र राजनैतिक दलका स्थानीय नेताहरुको चहलपहल बढेको थियो । मत गणना प्रतिनिधि पठाउने बिषयमा बिबाद गर्नेमा पनि क्याम्पसका बिद्यार्थी भन्दा गैर बिद्यार्थीहरु बढि सकृय देखिएका थिए । क्याम्पस सञ्चालक समितीका एक जना सदस्यले समेत बिबादमा समन्वयकारी भुमीका निभाउनुको साटो एउटा सँगठनको पक्षमा बिद्यार्थी उचाल्न सकृय थिए । (गौरीगञ्ज दर्पण डटकम सँग बिबादका सबै भिडियो प्रमाणहरु सुरक्षित छन् ।)