फागुन १९, गौरीगञ्ज – जबरजस्ती बलात्कार आरोपमा गौरीगंजका दुई युवा पक्राऊ परेका छन् । एक १५ बर्षिया स्थानीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गौरीगंज गाउँपालिका वार्ड नँ २ भाकुरमारीका अन्दाजी बर्ष २२ का प्रमोद राजवंशी र सोही ठाउँ बस्ने अन्दाजी बर्ष २४ का देव कुमार राजवंशीलाई पक्राउ गरेको हो । पिडितको तर्फ बाट किटानी जाहेरी दिएपछि उनिहरुलाई पक्राउ गरिएको कुरा इलाका प्रहरी कार्यालय गौराीगञ्ज ले जनाएको छ ।
बुधबार वेलुका करिब ४ बजे पिडित बालिका भैसीका लागि पराल लिन गएको बेला ती युवाहरूले जबर्जस्ती करणी गरेको अभियोग जाहेरीमा उल्लेख छ । बालिका पराल लिन गएको बेला शिवरात्री मा सिमा नजिक बर्षेनी लाग्ने पल्सा मेला हिडेका ति युवाहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको कुरा पिडितको आरोप छ । झापा गाउँपालिका वडा नं ३ घर भएकी सन्थाल समुदाय की पिडित बालिका बिगत ५ महिना देखि गौरीगञ्ज २ स्थित आन्तको घरमा बस्दै आएकी थिइन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गौरीगंजले जानकारी दिएका छन् ।