असार १३ गौरीगञ्ज । झापाको गौरीगञ्ज ५ स्थित चिल्हारामा आगलागी भएको छ । गए राति चिल्हारा चोकदेखि दक्षिण स्थानिय बरतलाल राजवँशीको भान्सामा आगलागि हुदा लाखौँको क्षति भएको छ । भान्सा घर कामै नलाग्ने गरि जलेका छन् ।
गएराति मध्यरामा आगलागी हुँदा भान्सा मा राखेको करिब १५ बोरा धान ४ बोला सुकेको खुर्सानी लगायत कृषिजन्य औषधि हरु जलेर नष्ट भएको कुरा परिवारले जनाएको छ ।
गए राति चिल्हारा चोकमा बाँस बोकेको ट्रक पल्टिएको र सो ट्रक बाट बाँस अनलोड गरि मध्यरात तिर फर्किदै गरेका दुइ युवा हरुले सो घरमा आगलागि भएको देखेर हो हल्ला गरेपछी स्थानिय हरुको सहयोगमा आगो नियन्त्रणमा लिएको कुरा स्थानिय हरुले बताएका छन् । आगलागि को कारण खुल्न सकेको छैन । गौरीगञ्ज दर्पण को प्रतिनिधि घटना स्थल मा पुग्दा प्रहरी घटनास्थलमा आइसकेको थिएन ।