फेरी गौरीगञ्जमा समातियो ब्राउन सुगर

पढ्न समय: 2 मिनेट


साउन २३, गौरीगञ्ज । बिओपी खजुरगाछी बाट खटिएको सशस्त्र प्रहरी बल को टोली ले बिहिबार पुन: प्रतिबन्धित लागु औषध ब्राउन सुगर समातेको छ । बिहिबार बिहान सशस्त्र प्रहरी को टोली ले भारत तर्फ बाट खेतको बाटो आउदै गरेका शँकास्पद व्यक्ति लाई रोक्न खोज्दा ति ब्यक्ति ले आफुसँग भएको लागु औषधको झोला खेतमा फालेर फरार भएको श्रोतले बताएको छ ।

प्रहरी ले फेला पारेको सो झोलामा २.५ ग्राम प्रतिबन्धित ब्राउन सुगर, २४ थान नाइट्रोजिपाम ट्याबलेट र २० ग्राम गाजा रहेको कुरा प्रहरी ले जनाएको छ ।

- Advertisement -
Ad image

यस अघि १८ गते बेलुका ६ बजे गौरीगञ्ज गाउँपालिका ६ जनता प्रहरीले गौरादह नगरपालिका १ का २० बर्षीय सुरेश ताजपुरियालाई लागूऔषध ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्स १ बोतलसहित पक्राउ गरेको थियो । भने सोहि दिन प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित फेरि एकजना पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा गौरादह १ बस्ने ३७ वर्षिय कृष्णकुमार ताजपुरिया रहेका थिए । दिउँसो ३ बजे गौरादह बजारमा प्रहरी टोलीले मे.७ प. ६७६७ नं. को मोटरसाईकल चालक ताजपुरियालाई खानतलासी गर्दा ६ ग्राम ब्राउनसुगर फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गर्दा गौरादह २ बस्ने ३९ वर्षिय सुमनकुमार कार्कीबाट किनेको खुलेपछि कार्कीको घरको सुत्ने कोठामा खानतलासी गर्दा खुल्ला प्लाष्टिकभित्र ३० ग्राम ब्राउनसुगर बरामद गरिएको थियो । कार्की फरार भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्