प्रदेश १ मा आइतबार कहाँ कहाँ कति सँक्रमित थपिए !

पढ्न समय: 1 मिनेट

३२ साउन झापा । प्रदेश १ मा आज आइतबार १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् ।
मोरंगको विराटनगर महानगरपालिकामा ३२ महिला र ५४ पुरुष सहित ६०जनामा सँक्रमण पुष्टी भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्