रबिन्द्र बराल । असाेज २६ मंगलबार । विगतका वर्षहरुझै यसवर्ष पनि मोरङको रंगेली नगरपालिका ७ स्थित श्री संन्सारी माई स्थान मंन्दिर तथा रंगेली नगरपालिकाले भगवतीको मन्दिरमा प्रदेस स्तरिय फुलपाती वडाई गरेको छ ।
पुर्वको प्रशिद्ध शक्ति पिठको रुपमा रहेको संन्सारी माई मन्दिरमा धुमधाम का साथ फुलपाती भित्र्याएको छ । उक्त कार्याक्रम्मा पन्चे बाजा , विभिन्न जातीयताका नृत्य , नेपाली सेना , नेपाल प्रहरी , सशत्र प्रहरी तथा ठु मा सर्वसाधारण हरुले मन्दिर परिसरवाट कलश यात्रा सहित झाकीले ३ किलोमिटर दुरी तयगर्दै रंगेली वार्ड न ६ स्थित स्कुलुटोलमा रहेको वेलको रुखमा पुगेर त्याँहा विधि पुर्वक पुजाआजा गर्ने र पुन मन्दिरमा आएर फुलपाती भित्राउने कार्यक्रम गरिएको छ । मन्दिरमा नेपाली सेना र नेपाल प्रहरी तथा सशत्र प्रहरीले सलामी समेत चढाएका छन ।
प्रदेश सरकारले बिगत तीन बर्ष देखि प्रदेश स्तरीय पुजा समेत गर्दै आईरहेकाे छ । कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमंत्री भिम प्रसाद आचार्य, अतिथि मा कानुन मन्त्रालय का राज्य मन्त्री लिलाबल्लभ अधिकारी , कृषि सहकारी भुमि सुधार तथा राज्य मन्त्री ज्ञानेश्व राजवंशी , नगरपालिका का मेयर दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल , मंन्दिर व्यवस्थापन समिति का अध्यक्ष संन्जिव श्रेष्ठले , काेषा अध्यक्ष आेमकार थापा, स्थानीय दिपेन्द्र थापा बडा अध्यक्ष लगायत हरुकाे समेत उपस्थिति रहेको थियोे ।
विराटनगरदेखी २० किलोमिटर पुर्वमा रहेको ऐतिहासिक मन्दिरमा नवरात्रीको अवसरमा अहिले पुजाआजा र भजन कृतन समेत भइरहेकाे छ । मनोकामना पुराहुने सो मन्दिरमा पुजाआजा र वलि चढाउन नेपालका मात्र नभएर भारतावाट समेत उल्लेखनिय रुपमा भक्तजन आउने गदर्छन । साे मंन्दिरमा घटस्थापना देखि नाै दिन सम्म भाकल गर्दा नाै दिनमा मनाेकामना पूरा हुने मंन्दिरका आचार्य पंडित कृष्ण काेईराला ले बताए । मन्दिर प्रतीको भक्तजनको आस्था एंव विश्वास देखेर प्रदेस सरकारले प्रत्येकवर्ष फुलपातीका दिन मन्दिरमा प्रदेस स्तरिय वडाई गर्ने मन्त्री स्तरवाट निर्णय गरेको छ । सो निणर्य हुन अघि मन्दीर व्यवस्थापन समिति र स्थानिय वासिन्दाहरुको सहयोगमा प्रतेकवर्ष फुलपातीका दिन विभिन्न कार्यक्रमहरु हुने गरेका थिए । त्यसको महत्वलाई हेरेर प्रदेस सरकारले सो मन्दिर प्रदेस स्तरिय वडाइका लागाी मान्यता दिएको हो ।