साउन ६, बिराटनगर । कृषि सम्बन्धी केहि योजनाहरुको कार्यन्वयनका लागि गौरीगञ्ज गाउँपालिका का प्रतिनिधि हरु प्रदेश कृषि मन्त्रालय पुगेका छन् । गौरीगञ्ज वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी, वडा नं २ का वडाध्यक्ष किना लाल राजवँशी र कृषि शाखा का प्राविधिक नवराज सुवेदी सहितको टोलि बिराटनगर पुगेका हुन् ।
प्रदेश १ का कृषि मन्त्री झलक सिंह दर्लामी सँगको भेटघाटमा उनिहरुले वडा नँ १ को कृषि बजारको स्तरोन्नति, पालिका स्तरीय सित भण्डार गृह, बाली ड्रायर मेसिन तथा कृषकले एक बर्षमा तिन बाली लगाउन सक्ने गरि विशेष बालीहरुको पकेट क्षेत्र बिस्तार लागि योजना सहित छलफल गरेका थिए । छलफल पछी पकेट क्षेत्र बिस्तार तथा कृषि बजार लगायतका योजनाहरुमा मन्त्री झलक सिंह दर्लामी सकारात्मक रहेको कुरा वडाध्यक्ष किना लाल राजवंशी ले बताए । उनले भने – मन्त्री ज्युको सकारात्मक जवाफ आएको छ हामी केहि दिनमै प्रपोजल सहित फेरि मन्त्रालय आएर छलफल गर्ने छौँ ।
छलफल कै क्रममा मन्त्री दर्लामी ले वडा नं १ स्थित खेलमैदान का बारेमा समेत चासो राखेको र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरि सो खेल मैदान का लागि समेत पहल गर्ने आश्वासन दिएको कुरा वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी ले बताए ।