भदौ १५ गौरगञ्ज । निजि तथा आवासीय बिद्यालयहरुको छाता सँगठन प्याबसन गौरीगञ्ज द्वारा आयोजित सँस्थागत बिद्यालयहरुको अन्तर बिद्यालय अतिरिक्त कृयाकलाप प्रतियोगिता सम्पन्न भएको छ । हिजो शुक्रबार गौरीगञ्ज ३ स्थित ज्ञानकुञ्ज एकेडेमीमा सम्पन्न भएको प्रतियोगितामा कबिता लेखन तथा बाचन , हाजिरि जवाफ , बक्तृत्वकला , श्रुति लेखन लगायतका बिधाहरुमा गौरीगञ्ज क्षेत्र भित्रका सँस्थागत बिद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए ।
अँग्रेजी श्रुति लेखन प्रतिस्पर्धामा छात्र तर्फ ज्ञानकुञ्ज एकेडेमीका प्रज्वल मल्लिक प्रथम भएका छन् भने स्नो ह्वाइटका लक्की सारु द्वितिय भएका छन् । त्यसै गरि ज्ञानोदयका सम्यम श्रेष्ठ तृतिय भएका छन् ।
त्यसैगरि अँग्रेजी श्रुति लेखनमा छात्रा तर्फ ज्ञानकुञ्ज की पायल ताजपुरिया प्रथम देवकोटाकी बेविसा महतो द्वितिय र स्नो ह्वाइटकी हृतिका राजवँशी तृतिय भएका छन् ।
कक्षा १ देखि ५ सम्मको हाजिरि जवाफमा एडभान्स वर्ल्ड प्रथम न्यु युनिभर्सल र ज्ञानकुञ्ज द्वितिय तथा क्रिमसन र मुनलाइट तृतिय भएका छन् ।
कक्षा ६ देखि ८ सम्मको हाजिरि जवाफमा ज्ञानकुञ्ज प्रथम स्नो ह्वाइट द्वितिय र क्रिमसन र मुनलाइट तृतिय भएका छन् ।
बक्तृत्व कलामा छात्र तर्फ देवकोटाका सुशान्त भट्टराइ प्रथम ज्ञानकुञ्जका प्रत्युम अटल द्वितिय र स्नो ह्वाइटका सुर्य नारायण महतो तृतिय भएका छन् । त्यसै गरि छात्रा तर्फ ज्ञानकुञ्जकी ललिता साह प्रथम स्नो ह्वाइटकी प्रशँसा मगर द्वितिय र ज्ञानोदयकी उषा बस्नेत र देवकोटाकी यज्य दँगाल तृतिय भएकी छन् ।
कबिता लेखन तथा बाचन मा छात्र तर्फ युनिभर्सलका रोहन मण्डल प्रथम मुनलाइटका रोशन गन्गाइ द्वितिय र स्नो ह्वाइटका नबिन साह र ज्ञानकुञ्जका अभियान सिजापती तृतिय भएका छन् । त्यसैगरि क्षात्रा तर्फ ज्ञानोदयकी सलिना कार्की प्रथम क्रिमसनकी प्रजिना सिजापती द्वितिय र न्यु युनिभर्सलकी गरिमा राजवाशी तृतिय भएका छन् ।