प्याट्रोलको मुल्य रु १ सय ५० पुग्यो : डिजेल, मट्टितेलको १ सय ३३

पढ्न समय: 1 मिनेट

फागुन १९, काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थको मूल्य बढाएको हो  ।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ ।नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल र मट्टितेल १३३ रुपैयाँ पर्नेछ । पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्