
पुर्बी तराइमा सिरुवाको रौनक
बैशाख २ झापा । नयाँ बर्ष लागेसँगै पुर्बी तराइका जिल्लाहमा सिरुवा पर्वको रौनक छाएको छ । पुर्बी तराइमा आदीकालदेखि बसोबास रहेका आदीबासी राजवँशी ताजपुरिया गन्गाइ लगायतका समुदायको बसोबास रहेका गाउँहरुलाइ अहिले सिरुवा पर्वको रमझमले छपक्कै छोएको छ ।

नयाँ बर्ष सँगै सिरुवा पाब्नीको बेला ग्राम देवता ठाकुर महाराज र ब्रहमानीको पुजा अर्चना गरि यो पर्व धुमधामले मनाइन्छ । पर्वको शुरुको दिन पानी सिरुवा अर्थात एक अर्कालाइ पानी छ्यापेर खुशी साटासाट गरिन्छ । तयसैगरी दोश्रो दिन काद सिरुवा अथात एकअर्कालाइ हिलो दलेर खुशी साटासाट गरिन्छ भने पर्वको तेश्रो दिन रँग सिरुवा अर्थात एक अर्कालाइ रँग लगाइ दिएर खुशी र शुभकामना साटासाट गरिन्छ ।

राजवँशी भाषाका बरिष्ठ गीतकार गोपाल राजवँशीका अनसार सिरुवा पर्वका यि तीन दिनको बिशेष अर्थ रहने गरेको छ । गीतकार राजवँशी भन्छन् – पहिलो दिन एक अर्कालाइ पानी छ्याप्नुको अर्थ साल भरि जिन्दगी पानी जस्तै सितल बनोस भन्ने हो । दोश्रो दिन हिलो दल्नुको अर्थ प्रकृतीसँग जोडिएको छ । माटोमा शरिरलाइ चाहिने अनेकौ मिनरल हुने गरेका छन् । माटो सँग नजिक रहेका आदिबासीहरुले माटो शरिरमा दल्दा बर्ष भरि चर्म रोग लगायतका अनेकौ रोगबाट बच्न सकिने मान्यता रहि आएको छ । तेसै गरि तेश्रो दिन रँग दल्नुको अर्थ जिन्दगी रँगिन होस भन्ने हो । रँग खुशीको प्रतिक हो ।

सालको अन्तिम दिन बेलुका सात किसिमको परिकार अर्थात सात सागी पकाएर बिहान नयाँ बर्षमा खाने समेत चलन रहि आएको छ । सिरुवा पर्वको अबसरमा अहिले कोच आदिबासीहरुको बाहुल्यता रहेको गाउँ बस्ती र बजारहरुमा सिरुवा बिशेष कार्यक्रमहरुको आयोजना भइरहेको छ भने महाराज थान भएका स्थानहरुमा भब्य मेला समेत लाग्ने गरेको छ । नयँ बर्षकै बेला कोच समुदायले घाटोसरी पर्व समेत मनाउने गरेका छन् ।