पाठेघरको समस्या सँबन्धी शिबिरबाट १ सय ६१ महिला लाभान्वित

पढ्न समय: 1 मिनेट

असार १२ गौरीगञ्ज । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा गौरीगञ्ज गाउँपालिका गाउँ स्वास्थ्य शाखाले आयोजना गरेको पाठेघरको समस्या सँबन्धी स्वास्थ्य शिबिरबाट १ सय ६१ महिलाले स्वास्थ्य सेवा पाएका छन् ।

- Advertisement -
Ad image

वडा नँ ६ स्थित नयाँ अस्पताल भवनमा पाठेघरको मुखको क्यान्सर तथा पाठेघर खस्ने समस्या लगायतका रोगहरुको पहिचान तथा निदान लगायतको लक्ष्य सहित आयोजना गरिएको शिबिरमा उपचारका लागि आएका सेवाग्राहिहरु मध्ये तीन जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण मेखिएको र ७ जनामा पाठेघर खस्ने समस्या देखिएको कुरा गौरीगञ्जका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्