पाठेघरको समस्या सँबन्धी शिबिरबाट १ सय ६१ महिला लाभान्वित

असार १२ गौरीगञ्ज । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा गौरीगञ्ज गाउँपालिका गाउँ स्वास्थ्य शाखाले आयोजना गरेको पाठेघरको समस्या सँबन्धी स्वास्थ्य शिबिरबाट १ सय ६१ महिलाले स्वास्थ्य सेवा पाएका छन् ।

वडा नँ ६ स्थित नयाँ अस्पताल भवनमा पाठेघरको मुखको क्यान्सर तथा पाठेघर खस्ने समस्या लगायतका रोगहरुको पहिचान तथा निदान लगायतको लक्ष्य सहित आयोजना गरिएको शिबिरमा उपचारका लागि आएका सेवाग्राहिहरु मध्ये तीन जनामा पाठेघरको मुखको क्यान्सरको लक्षण मेखिएको र ७ जनामा पाठेघर खस्ने समस्या देखिएको कुरा गौरीगञ्जका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताएका छन् ।

अघिल्लो लेखमाडिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ मुल्य घट्यो
अर्को लेखमामनसुनजन्य बिपद न्युनिकरणका लागि पुर्व तयारीमा जुट्न झापाका १५ बटै पालिकालाई आग्रह