गौरादह/ दमक पत्रकार मञ्चका उपाध्यक्ष तथा पुर्वसन्देश दैनिकका गौरादह संवाददाता झगेन्द्र खडकालाई मातृ शोक परेको छ । खड्काकि ममतामयी आमा ८३ वर्षिय टुकमाया खड्काको बिहिबार बिहान ५ बजे गौरादह नपा– २ स्थित आफ्नै निवासमा निधन भएपछि मातृ साेक परेकाे हाे। पत्रकार खड्काकि आमा
लामो समयदेखी दम तथा मुटु राेगबाट पिडित हुनुहुन्थ्यो । मृतक खड्कालाई केही समय अगाडि अस्पतालबाट उपचार गराई औषधि सेवन गरि घरमै स्वास्थ्यलाभ लिईरहनु भएकाे थियाे। उनकाे पार्थिक शरीरलाई बिहिवार बिहान ११ बजे झापा गाैरादह नगरपालिका वार्ड नं. २ स्थित स्थानीय कृष्ण घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।मृतक खड्काका ४ छाेरा बुहारीहरू भक्त बहादुर – चन्द्र माया, झगेन्द्र बहादुर – शुमित्रा, यज्ञ बहादुर- उमा देबि र रामकृष्ण – रेणुका देबि खड्का र छोरी गायत्रा देबि खड्का (दाहाल) सहित १२ नति ३ नातिनि, पनाती ३ र पनातीनी २ जना रहेका छ्न।मृतक खड्काका माइला छाेरा पत्रकार झगेन्द्र खड्का पछिल्लाे समय नेपाल शिक्षक संघ गौरादह नगर उपसभापति तथा गाैरादह-८ स्थित अरुणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका छ्न ।